खेलाडी सरुवा

सरुवा चर्चा : डी भर्जको नजरमा टोटनहम

मिलान । इटालियन सिरी ‘ए’ च्याम्पियन इन्टर मिलानका रक्षक स्टेफन डी भर्ज आगामी जनवरीको सरुवा बजारमा टोटनहमसँग अनुबन्धित हुन चाहेको फुटबल इनसाइडरले जनाएको छ ।

टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले रक्षापंक्ति बलियो बनाउने अभियान सुरु गर्न लागेको र त्यसमा २९ वर्षे डच रक्षक डी भर्ज उनको पहिलो चाहना रहेको बताइएको छ ।

यसैगरी न्युक्यासलले म्यानचेस्टर सिटीका रक्षक नाथान एकेलाई अनुबन्ध गर्न चाहेको समाचार सार्वजनिक भएको छ भने बार्सिलोनाले चेल्सीका रक्षक सिजर एज्पिलिक्वेटामाथि आँखा गाडेको बताइएको छ । एज्पिलिक्वेटाको चेल्सीसँग सम्झौता ६ महिनामात्र बाँकी छ ।

मध्य सिजनको सरुवा बजार खुल्न डेढ महिनामात्र बाँकी रहँदा खेलाडीहरुको सरुवा चर्चा व्यापक रुपमा बढ्ने क्रममा बोरुसिया डर्टमन्डले हकिम जियाचलाई भित्र्याउन चाहेको बताइएको छ ।