माघ १८, २०८२ आइतबार | २०:३७:२१
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

सालाह र स्टर्लिङलाई क्याम्प नोउ भित्र्याउने जाभीको चाहना

बार्सिलोना । मुख्य प्रशिक्षक जाभीले टोलीको आक्रमण चुस्त बनाउने योजनास्वरुप मोहम्म्द सालाह र रहिम स्टर्लिङलाई बार्सिलोना भित्र्याउन तिब्र इच्छा राखेको स्पेनिस सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजिप्टका स्ट्राइकर २९ वर्षे सालाहको लिभरपुलसँग वर्तमान सम्झौताको १८ महिना बाँकी छ । समय घर्किँदै जाँदा उनले एन्फिल्डमै सम्झौता नवीकरण गर्ने सम्भावना कम हुँदै जाने अपेक्षा गरिएको छ ।

जारी सिजनको प्रिमियर लिगमा ११ खेलमा १० गोल गरिसकेका बालन डी अरको मनोनयनमा परेका फरवार्डले स्वभाविक रुपमा लिभरपुलका युरोपियन प्रतिद्वन्द्वीहरुको ध्यान आफूतिर तानेका छन् ।

सालाह पनि क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीजस्तै विश्वको सबभन्दा महंगो खेलाडीमध्ये एक हुन चाहन्छन् । जुन चाहना मर्सिसाइडमै बसेर पूरा हुने सम्भावना कम रहन्छ ।

सालाहको महंगो खेलाडी बन्ने चाहना बुझेर बार्सिलोनाले उनलाई भित्र्याउने गृहकार्य थालेको अल नेसनलले जनाएको छ । उक्त सञ्चार माध्यमका अनुसार जाभी म्यानचेस्टर सिटीका स्टार रहिम स्टर्लिङलाई पनि क्याम्प नोउ भित्र्याउन चाहन्छन् ।

पेप ग्वार्डिओला आफ्नो पूर्व क्लब बार्सिलोनाबाट जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगनलाई म्यानचेस्टर ल्याउन चाहन्छन् । दुई क्लबको यो चाहनाबीच टेस स्टेगन र स्टर्लिङको सट्टापट्टा हुन सक्ने अनुमान गरिएको छ । अल नेसनलका अनुसार सिटीले पहिला फ्रयांकी डी जोङमाथि इच्छा देखाएको थियो, तर अहिले ग्वार्डिओलाको मन टेर स्टेगनले जितेका छन् ।

तर जाभी र बार्सिलोनाका अध्यक्ष हुँवा लापोर्टा दुवै कम्तिमा आगामी एक वर्षसम्म टेर स्टेगनलाई आफूसँगै राख्न चाहन्छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।