चैत्र ८, २०८२ आइतबार | १२:५०:४८
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

सालाह र स्टर्लिङलाई क्याम्प नोउ भित्र्याउने जाभीको चाहना

बार्सिलोना । मुख्य प्रशिक्षक जाभीले टोलीको आक्रमण चुस्त बनाउने योजनास्वरुप मोहम्म्द सालाह र रहिम स्टर्लिङलाई बार्सिलोना भित्र्याउन तिब्र इच्छा राखेको स्पेनिस सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजिप्टका स्ट्राइकर २९ वर्षे सालाहको लिभरपुलसँग वर्तमान सम्झौताको १८ महिना बाँकी छ । समय घर्किँदै जाँदा उनले एन्फिल्डमै सम्झौता नवीकरण गर्ने सम्भावना कम हुँदै जाने अपेक्षा गरिएको छ ।

जारी सिजनको प्रिमियर लिगमा ११ खेलमा १० गोल गरिसकेका बालन डी अरको मनोनयनमा परेका फरवार्डले स्वभाविक रुपमा लिभरपुलका युरोपियन प्रतिद्वन्द्वीहरुको ध्यान आफूतिर तानेका छन् ।

सालाह पनि क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीजस्तै विश्वको सबभन्दा महंगो खेलाडीमध्ये एक हुन चाहन्छन् । जुन चाहना मर्सिसाइडमै बसेर पूरा हुने सम्भावना कम रहन्छ ।

सालाहको महंगो खेलाडी बन्ने चाहना बुझेर बार्सिलोनाले उनलाई भित्र्याउने गृहकार्य थालेको अल नेसनलले जनाएको छ । उक्त सञ्चार माध्यमका अनुसार जाभी म्यानचेस्टर सिटीका स्टार रहिम स्टर्लिङलाई पनि क्याम्प नोउ भित्र्याउन चाहन्छन् ।

पेप ग्वार्डिओला आफ्नो पूर्व क्लब बार्सिलोनाबाट जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगनलाई म्यानचेस्टर ल्याउन चाहन्छन् । दुई क्लबको यो चाहनाबीच टेस स्टेगन र स्टर्लिङको सट्टापट्टा हुन सक्ने अनुमान गरिएको छ । अल नेसनलका अनुसार सिटीले पहिला फ्रयांकी डी जोङमाथि इच्छा देखाएको थियो, तर अहिले ग्वार्डिओलाको मन टेर स्टेगनले जितेका छन् ।

तर जाभी र बार्सिलोनाका अध्यक्ष हुँवा लापोर्टा दुवै कम्तिमा आगामी एक वर्षसम्म टेर स्टेगनलाई आफूसँगै राख्न चाहन्छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो