ओलिभर जिरुड

जिरुड भित्र्याउने लस एन्जलसको चाहना

काठमाडौं । अमेरिकी मेज लिग सकर (एमएलएस) क्लब लस एन्जलस एफसीले फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड अनुबन्धमा इच्छा देखाएको छ ।

इटालियन खेल पत्रकार फाब्रिजियो रोमनोका अनुसार लस एन्जलसले जिरुडलाई फ्रि ट्रान्सफरमा भित्र्याउन चाहेको हो । जिरुड र इटालियन क्लब एसी मिलानबीचको सम्झौता सिजनको अन्त्यसँगै सकिँदैछ ।

रोमानोले लस एन्जलसले जिरुड अनुबन्धका लागि औपचारिक प्रस्ताव अगाडि बढाइसकेको छ । जिरुड सन् २०२१ मा इङ्लिस क्लब चेल्सीबाट एसी मिलान पुगेका थिए ।

उनले मिलानका लागि ८८ इटालियन सिरी ए खेलमा ३६ गोल गरेका छन् ।