ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । घरेलु टोली नेपालले ट्वान्टी २० शृंखलाको दोस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय लिए ।

नेपाल खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

यता निल रकको कप्तानीमा रहेको आयरल्यान्ड पनि आजको खेल जित्दै शृंखला बराबरी गर्न चाहन्छ ।

नेपालले आज दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीको स्थानमा अनिल साह र विवेककुमार यादवलाई मौका दिएको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, गुलसन झा, कुशल मल्ल, सन्दीप जोरा, विवेककुमार यादव, करण केसी, सोमपाल कामी, अविनाश बोहरा