इङ्लिस प्रिमियर लिग

वर्नरलाई स्थायी बनाउने टोटनहमको इच्छा

काठमाडौं । इङ्लिस क्लब टोटनहमले जर्मन फरवार्ड टिमो वर्नरलाई स्थायी बनाउने इच्छा देखाएको छ ।

वर्नर यही सिजन जर्मन क्लब लाइपजिगबाट लोनमा टोटनहम भित्रिएका थिए । उनले टोटनहमका लागि आठ प्रिमियर लिग खेल खेल्दा दुई गोल गरेका छन् ।

सन् २०२२ मा इङ्लिस क्लब चेल्सीबाट लाइपजिग पुगेका वर्नरले ३५ जर्मन बुन्डेसलिगा खेलमा ११ गोल गरेका छन् ।