स्पेनिस ला लिगा

किमिच भित्र्याउने बार्सिलोनाको चाहना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जर्मन मिडफिल्डर जोसुवा किमिच भित्र्याउने इच्छा देखाएको छ ।

स्पेनिस पत्रिका मार्काका अनुसार बार्सिलोनाले किमिचलाई आगामी जुलाई ट्रान्सफर विन्डोमा जर्मन क्लब बायर्न म्युनिखबाट भित्र्याउने चाहना राखेको हो ।

सन् २०१५ मा जर्मनकै आरबी लाइपजिगबाट बायर्न भित्रिएका किमिचले दुई सय ३३ खेल खेल्दा २५ गोल गरेका छन् ।

किमिचले क्लब छाड्ने मनासय बनाए पनि बायर्न भने नयाँ सम्झौताको लागि प्रयास गरिहेको छ ।

किमिचलाई भित्र्याउन इङ्लिस क्लब आर्सनल र लिभरपुलले पनि चोसो देखाइहरेका छन् ।