फुटबल

फुटबल स्टेडियममा दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं । एल साल्भाडोरकाे राजधानी सान साल्भाडोरस्थित कसकटल्यान स्टेडियममा स्थानीय टिम अलिआन्जा र फासबीच प्रतिस्पर्धा भइरहेको बेला समर्थकहरुबीचको ठेलमठेलका क्रममा भएको दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् ।

गेटहरु बन्द भएपछि पनि ठूलो संख्यामा फुटबल समर्थकहरु रंगशालामा प्रवेश गर्न खोज्दा भिडमा किचिएर १२ जनाको मृत्यु भएको बिबीसीले जनाएको छ । दुर्घटनापछि स्थगित गरिएको थियो ।

एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान सुरु गर्ने बताएका छन् ।

कसैले नक्कली टिकट बेचेको र सोही टिकटमार्फत् भित्र प्रवेश गर्न खोजेका समर्थकलाई सुरक्षाकर्मीले रोक्न खोज्दा उक्त घटना भएको हो । सुरक्षाकर्मीले स्टेडियम अगाडि लगाएको ब्यारिकेड पन्छाउँदै समर्थकको भिड रंगशालाभित्र प्रवेश गरेको थियो ।

नक्कली टिकट बेच्नेको खोजी भइरहेको र घटनाबारे अप अनुसन्धान जारी रहेका त्यहाँका सुरक्षाकर्मीले बताएका छन् ।

एल साल्भाडोरको नागरिक सुरक्षाका लुइस अलोन्सो अमायाले करिब पाँच सयलाई मैदानमै उपचार गरिएको र तीमध्य धेरैलाई अस्पतालमा लगिएको बताए ।