आइडब्लुएल

उपाधिका लागि गोकुलम र किकस्टार्ट भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली सावित्रा भण्डारी सम्मिलित साबिक विजेता गोकुलम केरला एफसीले इन्डियन वुमन्स लिग (आइडब्लुएल)को उपाधिका लागि आइतबार किकस्टार्ट एफसीको समान गर्दैछ ।

किकस्टार्टमा नेपाल राष्ट्रिय टोलीका मडिफिल्डर सरु लिम्बु र रेनुका नगरकेटे आवद्ध छन् । खेल नेपाली समयअनुसार साँझ ६ः१५ बाट सुरु हुनेछ ।

सेमिाफाइनलमा गोकुलमले इस्टर्न स्पोटिङ युनियन एफसीलाई ५-१ तथा किकस्टार्टले नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सम्मिलित सुथु एफसीलाई २-० ले पराजित गरेका थिए ।

  सावित्रा र सरुले आ-आफ्नो टोलीका लागि उच्च प्रदर्शन गरिरहेका छन् । रेनुकाले भने वैकल्पिक खेलाडीका रुपमा माैका पाइरहेकी छन् ।

सावित्रा २८ गोलका साथ लिगको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्ष स्थानमा छिन् । यसैगरी सरुले सात गोल गर्दा रेनुकाको नाममा एक गोल छ ।

तीनै जना घरेलु प्रतियोगिता विभागीय टोली नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् ।