साफ च्याम्पियनसिपको तालिकामा हेरफेर, नेपालको खेल समय परिवर्तन 

काठमाडौं,  (खेलाडी)-  माल्दिभ्समा शुक्रबारबाट सुरु हुने साफ च्याम्पियनसिप २०२१ को खेल तालिका हेरफेर भएको छ  ।

नयाँ तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल शुक्रबार नेपाली समय अनुसार दिउँस ४ः३०  बजे श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । 

यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्घाटन खेलको तालिका थियो भने नै बंगलादेश र श्रीलंकाबीच दोस्रो खेलको तालिका रहेको थियो ।

तालिकामा भएको हेरफेरपछि नेपालले शुक्रबार दोस्रो खेलमा नेपाली समय अनुसार ९ः३० बजे  माल्दिभ्स विरुद्ध खेल्दै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ ।

प्रतियोगिताको बाँकी खेल तालिकामा भने यथावत छ ।

च्याम्पियनसिपमा नेपालले दोस्रो खेल असोज १८ मा श्रीलंका विरुद्ध खेल्नेछ । त्यस्तै नेपालले असोज २४ गते भारत र असोज २७ गते बंगलादेश विरुद्ध खेल्ने छ । 
शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।