एपिएफ समूह विजेता, पुलिस सेमिफाइनलमा 

काठमाडौं (खेलाडी)– एपीएफले नेपाल पुलिसलाई हराउँदै राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसलाई २५‍-१४, २१-२५, २५-१८, २५-१९  को सेटमा हराउँदै समुह ‘ए’ बाट विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफले दुई खेलमा ६ अंक जोड्यो ।

लिग चरणमा अपराजित रहेको एपीएफले यसअघि ढोरपाटनलाई  हराएको थियो । एपीएफसँग पराजित भएपनि पुलिसले  तीन अ‌कका  साथ समूह 'ए 'को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
महिलातर्फ आज समुह ‘बी’ को अन्तिम लिग खेलमा न्यु डाइमन्ड र नेपाल आर्मीले प्रतिस्पर्धा गर्दैछन् ।  

यी दुई टिमबीचको विजेताले समुह ‘बी’ को शीर्ष टोलकिो टुङगो लगाउने छ ।