एएफसी यु-२० महिला एसियन कप छनोट

एसियन कप छनाेटका लागि प्लेस्टाइन जाने नेपाली यु-२० टोलीको बिदाई

काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) यु-२० महिला एसियन कप छनोटका लागि प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ ( एन्फा ) ले आइतबार नेपाली टोलीलाई बिदाई गरेको हो ।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका थिए ।

युएईले नाम फिर्ता लिएपछि समूह ‘बी’ मा नेपालले छनोटको पहिलो चरणमा प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यस समूहको छनोट मार्च आठ देखि  १० सम्म प्यानलेस्टाइनमा हुनेछ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ।

नेपालले मार्च आठमा घरेलु टोली प्यालेस्टानइन तथा मार्च १० मा नर्दन मारियाना आइसल्यान्डसँग खेल्नेछ ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यु-२० महिला एसियन कपका लागि छनोट हुनेछन् ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।


नेपाली टोली

गोलकिपरः  कविता विक, सावित्री किसन, लिला जोशी

रक्षकः  सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः  प्रिती राई, दीपा शाही, तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, अञ्जली माचामासी, सरस्वती हमाल,

फरवार्डः  अमिषा कार्की, गरिमा राई, ममता पुन, सदिपा भोलन