इङ्लिस प्रिमियर लिग

कासिमिरोसँग नेतृत्व गर्ने क्षमता छः टेन हाग

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले ब्राजिलियन मिडफिल्डर कासिमिरोलाई नेतृत्व गर्न सक्ने क्षमताका कारण अनुबन्ध गरेको बताएका छन् ।

‘हामी गएको जुन ट्रान्सफर विन्डोमा यस्तो खेलाडीको खोजीमा थियौँ । जसको व्यक्तित्व, क्षमता राम्रो हुनुका साथै जिम्मेवारी राम्रोसँग निर्वाह गर्न पनि सकोस’, हालले भने,‘ क्लबलाई कासिमिरोको आवश्यकता धेरै छ । उनको गोल गर्नै शैली, पास दिने क्षमता मात्र नभएर उसमा नेतृत्व लिने क्षमता र मेन्टालिटी निक्कै बलियो छ । उनलाई टोलीमा अनुबन्ध गरेकोमा हामी खुसी छौँ । ’

३१ वर्षीय कासिमिरो गएको जुन ट्रान्सफर विन्डोमा स्पेनिस क्लब रियाल मड्रिडबाट ७० मिलियन पाउन्डमा युनाइटेड भित्रिएका थिए ।

कासिमिरोको अनुभब र क्षमताकै कारण युनाइटेडले इङ्लिस लिग कप उपाधि जितिसकेको छ । फाइनलमा न्युक्यासलमाथि २-० को जित निकाल्ने क्रममा ३३ औँ मिनेटमा क्यासेमिरोको गोलबाट नै युनाइटेडले अग्रता लिएको थियो ।  

कासिमिरोले युनाइटेडका लागि ३४ खेल खेल्दै पाँच गोल तथा पाँच असिस्ट गरेका छन् ।

युनाइटेडले प्रिमियर लिगको खेलमा आज (आइतबार) लिभरपुलको सामना गर्दैछ ।