पोल्यान्ड

२०२६ को विश्वकप पनि खेल्न तयार छुः लेवान्डोवस्की

दोहा । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोवस्कीले २०२६ को विश्वकप पनि टोलीको आवश्यकता खेल्न तयार रहेको बताएका छन् ।

तर उनले २०२६ को विश्वकपमा टोलीले आफ्नो रणनिती परिवर्तन गरे मात्र धेरै अपेक्षा राख्न सकिने बताए ।

आइतबार अन्तिम १६ मा फ्रान्ससँग ३–१ ले पराजित भएसँगै पोल्यान्डको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६मा समाप्त भएको थियो ।

समूह चरणमा पनि पोल्यान्डले उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन । पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको पोल्यान्डले दोस्रो खेलमा साउदी अरेबियालाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने पोल्यान्ड अर्जेन्टिनासँग २–१ ले पराजित भएको थियो । मेक्सिकोसँग समान चार अंक भए पनि पोल्यान्ड गोलअन्तरमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो ।

साउदी अरेबियाविरुद्ध पोल्यान्डले गरेको दोस्रो गोल लेवान्डोवस्कीका लागि विश्वपमा व्यत्तिगत पहिलो गोल थियो ।

‘म निरन्तर फुटबल खेलिरहन्छु, त्यसैले २०२६ को विश्वकपमा टोलीका लागि आवश्यक परे म मैदान उत्रन तयार छु’,लेवान्डोवस्कीले भने, ‘तर अहिले खेल्छु नै भन्दै दाबी भने गर्न सक्दिन ।’