फिफा

विश्वकप २०२६ः समूहमा तीन टोली मात्र राख्ने योजनाबाट पछि हट्दै फिफा

ज्युरिच । फिफाका ग्लोबल फुटबल प्रमुख अर्सेन वेंगरले २०१६ को विश्वकपमा प्रत्येक समूहमा तीन टोलीमात्र राख्ने योजनाबाट पछि हट्नसक्ने बताएका छन् ।

जनवरी २०१७ मा फिफा काउन्सिलले विश्वकपमा सहभागी राष्ट्रको संख्या ३२ बाट ४८ पु¥याउने प्रस्ताव पारित गरेको थियो । 

फिफाले यसअघि ४८ टोलीलाई १६ समूहमा विभाजन गरिने र प्रत्येक समूहमा तीन टोली रहने जनाएको थियो । प्रत्येक समूहबाट दुई टोली गरि ३२ टोली नकआउट चरणमा प्रवेश गर्ने बताइएको थियो । तर सो योजनाको आलोचना भएको थियो । 

‘अहिले नै कुन अवधारणमा अघि बढ्ने भन्ने बारे केही निर्णय भैसकेको छैन’, विंगरले भने, \तर हामीले तीन वटा प्रस्ताव अघि सारेका छौ । पहिलो सहभागी टोलीलाई १६ समूहमा विभागन गर्ने र प्रत्येक समूहमा तीन टोली रहने, दोस्रो ४८ राष्ट्रलाई १२ समूहमा विभाजन गर्ने र प्रत्येक समूहमा चार टोली हुने । त्यस्तै तेस्रो सहभागी टोलीलाई अहिलेको जस्तै आठ समूहमा विभाजन गर्ने र प्रत्येक समूहमा ६ टोली रहने । शीर्ष स्थानका दुई टोली अन्तिम १६ मा प्रवेश गर्ने । आगमी वर्ष बस्ने फिफा काउन्सिलले यस बारे अन्तिम निर्णय लिनेछ ।'