इङ्ल्यान्ड

स्टर्लिङ घर फर्किए

लन्डन । इङ्ल्यान्डका स्ट्राइकर रहिम स्टर्लिङ घरमा चोरी भएपछि कतारमा जारी विश्वकप छाडेर स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किका कारण उनले आइतबार सेनेगलविरुद्धको खेल गुमाएका थिए । स्ट्रर्लिङ आगामी खेलका लागि उपस्थित हुने वा नहुने कुनै टुङ्गो नलगेको इङ्ल्यान्ड फुटबल संघले जनाएको छ ।

इङ्ल्यान्डले क्वार्टरफाइनलमा शनिबार साबिकको विजेता फ्रान्सको सामना गर्दैछ ।

‘इङ्ल्यान्डले चाँडै फर्किनका लागि स्टर्लिङलाई कुनै दबाब दिएको छैन । उनी जती समय चाहिन्छ लिन सक्छन्’ मुख्य प्रशिक्षक गारेथ साउथगेटले भने‘ परिवारसँग धेरै समय बिलाउनका लागि स्टर्लिङ टोली छाडेर गएका हुन ।’

समूह चरणमा इङ्ल्यान्डले इरानलाई हराउँदा स्टर्लिङले एक गोल गर्र्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।

बिबिसीका अनुसार लण्डस्थित स्टर्लिङको घरमा शनिबार राति हतियारसहित प्रवेश गरेको समूहले लुटपाट गर्न खोजेको थियो ।