वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुदुरपश्चिमलाई उपाधि

काठमाडौं । मिलन बोहराको उत्कृष्ट बलिङप्रेरित सुदुरपश्चिम प्रदेशले सोमबार लुम्बिनी प्रदेशलाई ६ विकेटले निराश पार्दै वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको  ९३ रनको लक्ष्य सुदुरपश्चिमले २१ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

सुदुरपश्चिमका लागि गजेन्द्र बोहराले अविजित ३९, दीपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२ रन जोडे ।  

लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान एक विकेट लिए  । 

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनी २९.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा सीमित भएको थियो ।

 लुम्बिनीका लागि आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन । 

सुदुरपश्चिमका लागि मिलनले पाँच, हेमन्त धामी र नरेन साउँदले समान दुई तथा आकाश चन्दले एक विकेट लिए ।

उपाधिसँगै सुदूरपश्चिमले दुई लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ प्राप्त ग¥यो ।