इङ्ल्यान्ड

बेलिङ्घम विश्वकै उत्कृष्ट मिडफिल्डर बन्न सक्छन्ः फोडिन

दोहा । इङ्ल्यान्डका मिडफिल्डर फिल फोडेनले आफ्ना सहकर्मी ज्युड बेलिङ्घम विश्वकै उत्कृष्ट मिडफिल्डर बन्न सक्ने बताएका छन् । 

अन्तिम १६ अन्तर्गत आइतबारको खेलमा सेनेगललाई ३–० ले पराजित गर्दा फोडिले दुई तथा बेलिङ्घमले एक गोलका लागि अवसर सिर्जाना गरेका थिए । 

‘म बेलिङ्घमलाई धेरै ठुलो बनाउन चाहन्न किनकि ऊ अझै युवा नै छ,’ फोडिनले आईटिभीलाई भने ‘तर उ मैले देखेको सबैभन्दा प्रतिभाशाली खेलाडीहरु मध्ये एक हो।’

‘म बेलिङ्घमको खेलमा कुनै कमजोरी देख्दिन । मलाई लाग्छ कि उसले सबै कुरा पाएको छ,’ फोडिनले थपे‘बेलिङ्घम विश्वकै उत्कृष्ट मिडफिल्डर बन्न सक्छ भन्ने मा विश्वस्त छु ।’

जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिहेका बेलिङ्घमले टोलीका लागि एक गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेका छन् ।