अमेरिका

नेदरल्यान्ड्सविरुद्धको खेलमा मैदान फर्कने पुलिसिकको विश्वास

दोहा । अमेरिकाका स्ट्राइकर क्रिस्चियन पुलिसिकले शनिबार कतार विश्वकप २०२२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलसम्म पूर्णरुपमा फिट हुँदै मैदान फर्कनेमा विश्वस्त रहेको बताएका छन्।

इरानविरुद्ध पुलिसिकै निर्णायक गोलमा अमेरिकाले समूह बी को उपविजेताको रुपमा अन्तिम १६ को टिकट काटेको थियो । उनी सो खेलमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उनी खलिफा इन्टरनेशनल स्टेडियममा नेदरल्यान्ड्सविरुद्ध खेल्नको लागि फिट हुने आशामा छन् ।

बोरुसिया डर्टमन्ड पूर्वखेलाडी पुलिसिकले  नेदरल्यान्ड्स बलियो टोली भए पनि आफूहरु उनीहरुलाई हराउदै क्वार्टरफाइनल प्रवेश गर्नेमा समेत आशाबादी रहेको बताए ।

‘म टोली चिकित्कससँगको सल्लाहपछि मात्र आजबाट प्रशिक्षणमा सहभागी हुने वा नहुनेबारे निर्णय लिन्छु',उनले भने, शनिबारसम्ममा म मैदान फर्कनेमा विश्वस्त छु ।'