वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

गण्डकीले दियो मधेसलाई दुई सय १४ रनको लक्ष्य

काठमाडाौं । गण्डकी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशसामु जितका दुई सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४८.५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १३ रनको योगफल तयार पारेको थियो । 

गण्डकीका लागि गोविन्द विकले ८८ बलमा चार चौकामद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । त्यसैगरी सुजन गौतमले २०, सुदीप अर्यालले २७, करण पंगेनीले २५, सिब्रिन श्रेण्ठले १६ र अर्जुन कुमालले ११ रन जोडे । मधेसका लागि साइमन रोयले तीन, अविजित मन्डल, नितेश यादव र अभिषेक तिवारीले समान दुई विकेट लिँदा निकेश गुप्ताले एक विकेट हात पारे ।