आइसिसी विश्वकप क्रिकेट लिग टु

टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीयमा नेपालले नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा नामिबियाले टस जितेर  फिल्डिङ रोजेको हो ।

नेपाल २० खेलमा १७ अंकसहित छैटौ स्थानमा छ । नामिबिया भने २७ खेलबाट २७ अंकसहित चौथो स्थानमा रहेको छ ।

त्रिकोणात्म शृंखलाको पहिलो खेलमा बिहीबार नामिबिया स्कटल्यान्डसँग पराजित भएको थियो ।