वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

बागमीतको फाइनल प्रवेशको सम्भावना न्युन

काठमाडौं । सुदुरपश्चिम प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौं जित हात पारेको छ । 

सुदुपश्चिमले आज सम्पन्न खेलमा बागमती प्रदेशलाई सात विकेटले हराएको हो । यस जितसँगै यसअघि नै फाइनल पुगिसकेको सुदुरपश्चिमले शीर्ष स्थान पक्का गर्दा पराजित बागमतीको भने फाइनल प्रवेशको सम्भावना कमाजोर बनेको हो । 

सदुरपश्चिमले ६ खेलमा १२ अंक जोडेको छ । पराजयसँगै समान खेलबाट आठ अंक जोडेको बागमती तेस्रो स्थानमा झरेको छ । एक खेल कम खेलको लुम्बिनी आठ अंकका साथ दोस्रो स्थानमा छ । बागमतीले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा लुम्बिनीले मधेस प्रदेशसँग फराकिलो हार बेहोनुपर्दछ ।

मुलपानी क्रिकेट मैदानमा जितका लागि पाएको एक सय २५ रनको लक्ष्य सुदुपश्चिमले १९.१ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो । सुदुरपश्चिमका लागि कप्तान अनुराग सिंहले अविजित ३९ रनको योगदान दिए ।

त्यसैगरी मिलन बोहराले ३३, गजेन्द्र बोहराले अविजित १९, दीपक बोहराले १७ र दीपक बोहराले १० रन जोडे । 

बागमतीका लागि रोशन विकले दुई तथा प्रतिक श्रेण्ठले एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ राजेको बागमतीले २८.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियो । बागमतीका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै रोशन विकले अविजित ३६ र सक्षम वस्ताकोटीले ३३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सुदुपश्चिमका लागि आकाश चन्दले चार, हेमन्त धामीले तीन,नरेन साउदले दुई तथा युवराज खत्रीले एक विकेट लिए ।