मंसिर ६, २०८२ शनिबार | ००:०७:०७
सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर पोखरालाई सुदूरपश्चिमको विशाल लक्ष्य पोखराविरुद्ध ब्राउनको अर्धशतक सुदूरपश्चिमको सानदार सुरुआत सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै पाेखरा साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर पोखरालाई सुदूरपश्चिमको विशाल लक्ष्य पोखराविरुद्ध ब्राउनको अर्धशतक सुदूरपश्चिमको सानदार सुरुआत सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै पाेखरा साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै
शनिबारको दिन कतार विश्वकप २०२२

विश्कप फुटबल २०२२ः खेल पोशाकमा नाइकी च्याम्पियन

काठमाडौं । ३२ टिमको सहभागितामा हुने अन्तिम विश्वकप मध्यपूर्वको एउटा सानो देश कतारमा चलिरहेको छ । चार वर्षपछि विश्व फुटबलको सबभन्दा ठूलो यही प्रतियोगिताको २३औं संस्करण उत्तर अमेरिकाका तीन देश अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्दा पहिलो पटक ४८ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विश्वका उत्कृष्ट ३२ टोलीको प्रतियोगितामा अहिले युरोपबाट सबभन्दा बढि १३ टोलीले सहभागिता जनाइरहेका छन् । अफ्रिकी महादेशले पाँच कोटा पाएको छ भने एसियाले चार सोझै र एउटा प्लेअफ सहित साँढे चार कोटा पाउँछ ।

यसैगरी उत्तर/मध्य अमेरिका र कन्काकाफले साढे तीन (तीन सोझै र एक प्लेअफ) कोटा प्राप्त गर्दा दक्षिण अमेरिकाको भागमा साँढे चार कोटा परेको छ । ओसियानाले एउटा प्लेअफ कोटामात्र प्राप्त गर्दा आयोजकका नाताले कतारले सोझै विश्वकपमा सहभागिता जनाइरहेको छ ।

समानुपातिक हिसावमा १० सदस्य रहेको दक्षिण अमेरिकाले सबभन्दा धेरै कोटा प्राप्त गर्दा एसिया र अफ्रिकाको कोटा तुलनात्मक रुपमा कम छ ।

आगामी संस्करणदेखि प्रतियोगितामा सहभागिको संख्या ३२ बाट बढाएर ४८ पुर्याउँदा त्यही अनुपातमा सबै महादेशले पाउने कोटा पनि बढ्ने निश्चित छ । एसिया र अफ्रिकाका फुटबल महासंघले आफूहरुलाई युरोप र दक्षिण अमेरिकाको दाँजोमा कम कोटा दिएर विभेद गरिएको भन्दै कोटा बढाउन फिफासमक्ष औपचारिक रुपमै माग गरिरहेका छन् ।

विश्वकपमा सहभागिताका लागि विभिन्न महादेशले एक-अर्कासँग प्रतिस्पर्धा गरिरहँदा सम्बन्धित महादेशका सदस्य देशहरुको प्रदर्शनले महत्वपूर्ण भूमिका सिर्जना गर्नेछ । जारी विश्वकपमा एसिया र अफ्रिकी टोलीले हासिल गरेका केही सनसनीपूर्ण नतिजाका कारण पनि फिफालाई यी दुई महादेशको कोटा बढाउन दबाब सिर्जना गर्नेछ ।

विश्वकै सबभन्दा लोकप्रिय खेलको सबभन्दा ठूलो प्रतियोगितामा सहभागिका लागि सबभन्दा पहिला विश्वका सबै देशबीच छनोट चरणमा प्रतिस्पर्धा हुन्छ । त्यसपछि छानिएका ३२ टिमबीच उपाधि जित्ने प्रतिस्पर्धा चल्छ । व्यक्तिगत रुपमा खेलाडीबीच पनि बढि गोल गर्ने, आफ्नो टिम जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने, उत्कृष्ट खेलाडीको पुरस्कार जित्ने लगायतका प्रतिस्पर्धा हुन्छन् ।

सँगै विश्वभर प्रशारण कम्पनीहरुबीच टेलिभिजन अधिकारका लागि हुने प्रतिस्पर्धा झनै रोचक हुने गरेको छ । समर्थकबीच कस्को टिमले जित्ने भन्ने होड झनै विश्वभर व्याप्त रहन्छ । यतिमात्र होइन, नजानिदो पारामा विश्वकपमा सहभागिता जनाउने टिमको माध्यमबाट खेल पोशाक तथा खेलसामाग्री बनाउने ठूला बहुराष्ट्रिय कम्पनीबीचको प्रतिस्पर्धा पनि कम रोचक छैन ।

खेल सामाग्री उत्पादकमध्येमा अमेरिकी कम्पनी नाइकी सबभन्दा ठूलो हो । खेलमा फुटबलजस्तै विश्वमा सबभन्दा लोकप्रिय खेलकुदको ब्राण्ड नाइकी हो । जारी विश्वकपमा सहभागी ३२ टिमले प्रयोग गर्ने खेल पोशाकलाई मात्र आधार मान्ने हो भने पनि नाइकीको प्रभाव स्वभाविक छ ।

फिफा र विश्वकपको पनि आधिकारिक प्रायोजक एडिडासको जर्सी उपस्थिती कतारमा दोस्रो स्थानमा छ । जर्मन खेल सामाग्री उत्पादक एडिडास विश्वव्यापी अर्को ठूलो ब्राण्ड हो ।

रंगशालामै पुगेर १० लाखभन्दा बढि तथा टेलिभिजनको माध्यमबाट विश्वभरका अरबौं दर्शकले प्रत्यक्ष हेर्ने प्रतियोगितामा सहभागी टोलीले लगाउने जर्सीमा आफ्नो लोगो हुनु कुनै पनि ब्राण्डका लागि गर्वको विषय हो । किनकी ब्राण्ड प्रवर्धनमा यो सबैभन्दा प्रभावकारी हुन्छ । विश्वका ठूला टिमले प्रयोग गर्ने आधारमा सम्बन्धित ब्राण्डको लोकप्रियता प्रभावित हुन्छ ।

विश्वकप खेल्ने टिमका आफ्नो देशवाहेक पनि विश्वभर समर्थकहरु हुने कारण प्रत्यक्ष रुपमा विक्रीमै पनि यस्तो ठूलो मञ्चमा हुने उपस्थितीले अशर गर्ने गर्छ । विश्वभर समर्थकबीच आफूले मन पराउने टिमको जर्सी लगाएर खेल हेर्ने परम्पराका लोकप्रिय र ठूला टिमले प्रयोग गर्ने ब्राण्डको विश्वव्यापी विक्री बढ्ने गर्छ ।

विश्वकपका सहभागी ३२ देशका टिमले कुल ९ फरक ब्राण्डका पोशाक लगाएका छन् । युरोपेली टिममा नाइकी प्रेम बढि देखिँदा कतार विश्वकप २०२२ मा यही ब्राण्डको उपस्थिती सबभन्दा बढि देखिएको छ । विभिन्न महादेशबाट आएका ३२ टिममध्ये १३ टिम नाइकीको जर्सी लगाएर मैदान उत्रिइरहेका छन् ।

दोस्रो स्थानमा एडिडास छ । एडिडासको जर्सी सात देशले प्रयोग गरिरहेका छन् । यसैगरी ६ देशका खेलाडीको जर्सीमा देखिने पुमा तेस्रो स्थानमा छ । यसवाहेक ह्युमेल, म्याराथन, माजिद, काप्पा, न्यु ब्यालेन्स र वान अल स्पोर्टसका जर्सी लगाएर एक/एक टिम विश्वकपको मैदानमा उत्रिएका छन् ।

नाइकी- कतार, पोल्यान्ड, साउदी अरेबिया, ब्राजिल, फ्रान्स, क्रोएसिया, इङ्ल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण कोरिया, क्यानाडा, पोर्चुगल, अमेरिका, अस्ट्रेलिया

एडिडास- जर्मनी, बेल्जियम, स्पेन, अर्जेन्टिना, जापान, मेक्सिको, वेल्स

पुमा- सर्बिया, स्विट्जरल्याण्ड, उरुग्वे, घाना, मोरक्को, सेनेगल

अन्यः

ह्युमेल- डनेमार्कम्याराथन- इक्वेडरमाजिद- इरानकाप्पा- ट्युनिसियान्यु ब्यालेन्सः कोस्टारिकावान अल स्पोर्टसः क्यामरुन