इन्डियन प्रिमियर लिग

पन्जाबले गुजरातलाई हरायो

काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार घरेलु टोली गुजरात टाइटन्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा गुजरातले प्रस्तुत गरेको २०० रनको लक्ष्य पञ्जाबले एक बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो ।

जितसँगै चार खेलमा चार अंक जोडेको पन्जाब पाँचौं स्थानमा छ । पराजित गुजरात पनि समान देलबाट चार अंकका साथ छैटौं स्थानमा छ ।

पन्जाबका लागि शशांङ सिंहले २९ बलमा ६ चौका र चार छक्काको अविजित६१ रनको योगदन गरे। यसैगरी प्रभसिम्रन सिंहले, ३५, आशुतोष शर्माले ३१, जोनी बेयरिस्टोले २२, जितेश शर्माले १६ र सिकन्दर राजाले १५ रन बनाए ।

गुजरातका लागि नुर अहमदले दुई तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, रासिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९९ रनको योगफल तयार पार्यो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र चारछक्काको मद्दतले अविजित ८९ रनको योगदान गरे । यसैगरी साई सुदर्शनले ३३, केन विलियमसनले २६ तथा राहुल तेवाटियाले अविजित २३  र ऋद्धिमान शाहले ११ रन जोडे ।

पन्जाबका लागि कागिसो रबाडाले दुई तथा हरप्रित ब्रार र हर्षल पटेलले समान एक विकेट लिए ।