विराट गोल्डकप

सिक्किम ड्रागनलाई हराउँदै मछिन्द्र फाइनलमा

विराटनगर । भारतको सिक्किम ड्रागन एफसीलाई १-० ले हराउँदै मछिन्द्र फुटबल क्लब विराट गोल्डकपको आठौं संस्करणमा फाइनल प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा मछिन्द्रलाई जित दिलाउन एक मात्र गोल आयुष घलानले गरे । आयुषले इन्जुरी सयममा मनिष डाँगीको क्रसलाई पोस्टको दिशा दिए ।

मछिन्द्र कोलकाताको साउर्थन समिति फुटबल क्लब तथा सिक्किम ड्रागन न्युरोड टिम (एनआरटी)लाई समान २-१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए ।

मछिन्द्रले उपाधिका लागि शनिबार सांग्रीला मोरङ जिल्ला फुटबल संघको सामना गर्नेछ । मोरङले बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले निरास बनाउँदै फाइनल यात्रा तय गरेको थियो ।