एकदिवसीय शृंखला

जित्नै पर्ने दबाबमा नेपाल ‘ए’

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय शृंखलाको दोस्रो खेलमा शुक्रबार मैदान उत्रिदा घरेलु टोली नेपाल ‘ए’ लाई जित्नै पर्ने दबाब छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ।

विनोद भण्डरीको कप्तानीमा रहेको नेपाल यो खेल जित्दै शृंखला बराबरी गर्न चाहन्छ । पराजित भए नेपालले शृंखला पनि गुमाउने छ ।

यता निल रकको कप्तानीमा रहेको आयरल्यान्ड पनि जित निकाल्दै एक खेल अगावै शृखाला आफ्नो पक्षमा पार्न चाहन्छ । पहिलो खेलमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो ।