इन्डियन प्रिमियर लिग

गुजरात र पन्जाब भिड्दै

फाइल तस्विर

काठामडौं । इन्डियन प्रिमियर लिग (आइपिएएल) को १७औँ संस्करणमा बिहीबार गुजरात टाइटन्सले घरेलु मैदानमा पन्जाब किङ्सको सामना गर्दैछ ।

खेल अहमादाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनमा दुवैले चौथो खेल खेल्न लागेका हुन् ।

गुजरात तीन खेलमा दुई जित र एक हारको नतिजासहित चार अंकका साथ पाँचौं स्थानमा छ । यता पञ्जाब तीन खेलमा दुई हार र एक जितको नतिजासहित दुई अंक जोडेर सातौं स्थानमा छ ।

गुजरात शुभम गिल र पन्जाब शिखर धवनको कप्तानीमा मैदान उत्रिनेछन् ।

आइपएिलमा हालसम्म गुजरात र पञ्जाबबिच तीन खेल भएका छन् । जसमा गुजरातले दुई र पन्जाबले एक खेल आफ्नो पक्षमा पारेका छन् ।