जर्मन डिएफबी पोकल

सहज जित निकाल्दै लेभरकुसन फाइनलमा

काठमाडौं । फोर्टुना डसेलडोर्फमाथि ४-० को सहज जित निकाल्दै बायर लेभरकुसन जर्मन डिएफबी पोकलको फाइनल पुगेको छ ।

घरेलु मैदान बे एरिनामा लेभरकुसनलाई जित दिलाउन फ्लोरियन विर्ट्जले दुई तथा जेरेमी फ्रिमपोङ र अमिन अदलीको समान एक गोल गरे ।

खेलको सातौं मिनेटमा फ्रिमपोङले गोल गोल गर्दै लेभरकुसेनलाई अग्रता दिलाए । २०औँ मिनेटमा अदलीले टोलीको अग्रता दोब्बर बनाए ।  उनले विर्ट्जको पासलाई पोस्टको दिशा दिए ।

अदलीको पासमा विर्ट्जले गोल गर्दै ३५औं मिनेटमा लेभरकुसनको अग्रता ३-० को बनाए । विर्ट्जले ६०औँ मिनेटमा पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै  लेभरकुसनलाई ४-० को जित दिलाए।

लेभरकुसनले उपाधिका लागि एफसी कैसरस्लोटर्नको सामना गर्नेछ ।