कोनकाकाफ च्याम्पियन्स

मियामी घरेलु मैदानमै पराजित

काठमाडौं । कोनकाकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनल अन्तर्गत पहिलो लेगमा इन्टर मियामी घरेलु मैदानमै मोन्टेरेसँग २-१ ले पराजित भएको छ।

चेस रंगशालामामा बिहीबार मोन्टेरेलाई जित  दिलाउन म्याक्सिमिलियानो मेजा र जर्ज रोड्रिगेजले गोल गरे । मियामीका लागि थोमस एभिल्सले गोल गरे ।

खेलको ११औँ मिनेटमा एभिल्सको गोलमार्फत मियामीले अग्रता लियो । डेविड रुइजले दोहोरो पहेंलो कार्ड ब्यहोदै मैदान छाडेपछि ६५औं मिनेटमा मियामी १० खेलाडीमा समेटियो । 

 मेजाले ६९औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समय सकिँन एक मिनेट बाँकी छँदा रोड्रिगोले गोल गर्दै मोन्टेरेलाई २-१ को रोमाञ्चक जित दिलाए ।

दोस्रो लेग मोन्टेरेको घरेलु मैदान बिबीभिए रंगशालामा हुनेछ ।