इङ्लिस प्रिमियर लिग

फोडेनको ह्याट्रिकमा सिटीको सहज जित

काठमाडौं । फिल फोडेको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बुधबार एस्टान भिल्लामाथि ४-१ को सहज जित निकालेको छ ।

घरेलु मैदान इतिहाद रंगशालामा सिटीलाई जित दिलाउन फोडेनले ह्याट्रिक पूरा गर्दा एक गोल रोड्रीको नाममा रह्यो। भिल्लाका जोन डुरानले गरेको गोल सान्त्वना बन्यो।

जितसँगै ३० खेलमा ६७ अंक जोडेको सिटी तेस्रो स्थानमा छ । पराजित भिल्ला ३१ खेलमा ५९ अंकका साथ चौथो स्थानमा छ ।

खेलको ११औँ मिनेटमा रोड्रीको गोमार्फत सिटीले अग्रता लियो।  रोड्रीले जेरेमी डोकुको पासलाई पोस्टको दिशा दिए ।

मोर्गन रोजर्सलेको पासमा जोनले गोल गर्दै नौ मिनेटपछि नै भिल्लालाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुी समयमा फोडेनले गोल गर्दै सिटीलाई २-१ ले अगाडि बढाए ।

रोड्रीको पासलाई ६२औं मिनोटमा पोस्टको दिशा दिँदै फोडेनले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । सात मिनेटपछि नै फोडेनले ह्याट्रिक पूरा गर्दै सिटीलाई ४-१ को सहज जित दिलाए ।