इङ्लिस प्रिमियर लिग

आर्सनल शीर्ष स्थानमा

काठमाडौं । लुटन टाउनमाथि २० को जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा बुधबार आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्ड एक गोल गर्दा । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

जितसँगै आर्सनलले ३० खेलमा ६८ अंक जोडेको छ । यो लिभरपुलको भन्दा एक अंक बढी हो । पराजित लुटन ३१ खेलबाट २२ अंकका साथ १८औं स्थानमा छ ।

खेलको २४औं मिनेटमा ओडेगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । उनले काइ हाभरटे्जको पासलाई पोस्टको दिशा दिए ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा डाइकी हाशिओबाट आत्मधाती गोल हुन पुग्दा आर्सनलले अग्रता दोब्बर बनायो । त्यसपछि थप गोल निस्कन सकेन ।