फ्रेन्च कप

पिएसजी फ्रेन्च कपको फाइनलमा

काठमाडौं । रेनेसमाथि १-० को कठिन जित निकाल्दै पेरिस सेन्ट जर्मेन( पिएसजी) फ्रेन्च कपको फाइनल प्रवेश गरेको छ ।

घरलु मैदान पार्क डेस प्रिन्ससमा बुधबार पिएसजीलाई जित दिलाउन एक मात्र गोल केलियन एमबाप्पेले गरे । एमबाप्पेले खेलको ४०औं मिनेटमा गोल गरे । उनले फाबियन रुइजको पासलाई पोस्टको दिशा दिए ।

पिएसजीले उपाधिका लागि लियोनको सामना गर्नेछ । लियानेले भ्यालेनसिनेसमाथि ३-० को सहज जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।