इन्डियन प्रिमियर लिग

दिल्ल्सीमाथि सहज जित निकाल्दै कोलकाता शीर्ष स्थानमा

काठमाडौं । दिल्ली क्यापिट्ल्समाथि १०६ रनको फराकिाले जित निकाल्दै कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिग ( आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो जितसँगै कोलकाताले तीन खेलमा ६ अंक जोडेको छ । तेस्रो पराजयसँगै चार खेलमा दुई अंक जोडेको दिल्ली नवौं स्थानमा छ ।

विशाखापट्नममा बुधबार कोलकाताले प्रस्तुत गरेको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा १६६ रनमै समेटियो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले २५ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५५ रन बनाए । यस्तै ट्रिस्टन स्टब्सले ३२ बलमा समान चार चौका र छक्काको मद्दतले ५४,  डेविड वार्नरले १८ र पृथ्वी शाले १० रन जोडे ।

चौथो विकेटका लागि पन्त र स्टब्सले ९३ रनको साझेदारी गरे । कोलकाता लागि वैभव अरोराले र वरुण चक्रवर्थिले समान तीन, मिचेल स्टार्कले दुई तथा आन्द्रे रसेल र सुनिल नारायणले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा सात विकेटको गुमाउँदै २७२ रनको योगफल तयार पा्यो। यो आइपिएल इतिहासको दोस्रो ठूलो योगफल हो ।

केही दिन अघि रोयल च्यालेन्जर्स बेङ्लोरले २०१३ मा बनाएको कीर्तिमान तोड्दै हैदराबादले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।

कोलकाताका लागि सुनिल नारायणले ३९ समान सात चौका र छक्काको मद्दतले सर्वाधिक ८५ रन बनाए । यसैगरी अनकृष रघुवंशीले २७ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५४, आन्द्रे रसेलले ४१, रिंकु सिंहले २६ तथा कप्तान श्रेयस अय्यर र फिल साल्टले समान १८ रन जोडे ।

नारायणले दोस्रो विकेटका लागि रधुवंशीसँग १०६ र पहिलो विकेटका लागि साल्टसँग ६० रनको साझेदारी गरे । यसैगरी चौथो विकेटका लागि रसेल र अय्यरबीच ५६ रनको साझेदारी भयो ।

दिल्लीका लागि एनरिक नोर्ट्जेले तीन, इशान्त शर्माले दुई तथा खलिल अहमद र मिचेल मार्शले समान एक  विकेट लिए ।