ट्वान्टी २० शृंखला

नेपाल ‘ए’ ले दियो आयरल्यान्ड ‘ए’ लाई २१४ रनको लक्ष्य

काठमाडौं । आरिफ शेखको उत्कृष्ट ब्याटिङप्रेरित नेपाल ‘ए’ ले ट्वान्टी २० शृंखलाको तेस्रो तथा अन्तिमा आयरल्यान्ड ‘ए’ सामू  २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै २१३ रनको योगफल तयार पार्यो ।

नेपालका लागि आरिफले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतले अविजित ९३ रन बनाए । यसैगरी रासिद खानले २४, कमलसिंह ऐरीले अविजित १९, बसिर अहमले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए ।

चौथो विकेटका लागि आरिफ र शेखले ४७ रनको साझेदारी गरे । आयरल्यान्डका लागि फिओन ह्यान्डले दुई तथा म्याथ्यु पोस्टर, लियम म्याकर्थी, गेराथ डेलानी र गाभिन होएले समान एक विकेट लिए ।