नेपाली फुटबल

नेपाली महिला फुटबल टोलीलाई सम्म्मान

काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले आइतबार राति  वाफ च्याम्पियसिपको उपविजेता नेपाली महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

इस्टर फेस्ट फेलोसिपको अवसरमा टोलीलाई ७५ हजार रुपियाँ र गिफ्ट ह्याम्परसहित सम्मान गरिएको हो ।

वाफ च्याम्पियन्सीपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो । 

खेलकर्मी भेलाको रुपमा आयोजित गरिएको सो कार्यक्रममा नेपालका धेरैजसो खेलका खेलका करीब  १०० भन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको उपस्थिति थियो ।