एसएमएस फ्रेन्डसिप कप

गुजरातले दियो नेपाललाई ९९ रनको लक्ष्य

काठमाडौं । आयोजक गुजरात क्रिकेट संघले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालसामू ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वापीमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको योगफल तयार पार्यो ।

गुजरातका लागि रुद्र पटेलले २३, हेमान्ग पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन बनाए ।

नेपालका लागि गुल्सन झाले चार ओभरमा २२ रन खर्चिदै चार विकेट लिए । यसैगरी करण केसीले तीन र सोमपाल कामीले एक विकेट लिए ।