जीतपुरसिमरा गोल्डकप

जीतपुरसिमरा गोल्डकप चैत २४ देखि हुने

सिमरा । जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत २४ देखि हुने भएको छ । आइतबार सिमरामा पत्रकार सम्मेलनमार्फत आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।

सिमरा रंशालाको फ्लड लाइटमा आगामी बैशाख ३ गतेसम्म हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाइटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस, फ्रेण्ड्स, मच्छिन्द्र एपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाइइटेड सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृती युवा क्लब गरी १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । 

यसैगरी सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार तथा स्थानीय उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ  प्रदान गरिनेछ ।