कोशी प्रदेश ट्रफी

कोशी प्रदेश ट्रफीः उपाधिका लागि आर्मी र कर्णाली भिड्ने

आर्मी र सुदूरपश्चिम भिड्दै

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय ट्वान्टी २० प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्ने भएको छ ।

सेमिफाइनलमा आर्मीले सुदूरपश्चिम तथा कर्णालीले लुम्बिनी प्रदेशलाई पराजित गरे ।

बैजनाथपुर क्रिकेट रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले सुदूरपश्चिममाथि पाँच विकेटको जित निकाल्यो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १६४ रनको लक्ष्य आर्मीले १९.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीका लागि बसिर अहमदले २८ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । तृतराजथ दासले ३८,सन्तोष कार्कीले ३१, सन्दीप रजालीले १७ र तुल थापाले अविजित १०  रन बनाए ।

सुदूरपश्चिमका लागि दीपक बोहराले दुई तथा हेमन्त धामी र नरेन साउदले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै  १६३ रनको योगफल तयार पार्यो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले २२ बलमा ६ छक्का र चार चौकाको मद्ुदतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी किरण ठगुन्नाले ४३, नरेन भट्टले १५,दीपक बोहराले १४ र खडक बोहराले ११ रन बनाए ।

आर्मीका लागि बसिर अहमदले चार ओभरमा २३ रन खचिएर चार विकेट लिए । यसैगरी नितेश पटेलले तीन र सुमित श्रेष्ठले एक विकेट हात पारे ।

कर्णाली र लुम्बिनी भिड्दै

दोस्रो सेमिफाइनलमा कर्णालीले लुम्बिनीलाई पाँच विकेटले पराजित गर्यो । लुम्बिनीले प्रस्तुत गरेको १५२ रनको लक्ष्य कर्णालीले १८.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

कर्णालीका लागि अर्जुन घर्तीले २७ बलमा पाँच चौका र एक छक्काको मद्दतले अविजित ४३ रनको योगदान गरे । यसैगरी दिनेश अधिकारीले अविजित ३६, कप्ता रविन्द्र शाहीले २४, विपिन रावलले १९, दीपेन्द्र रावले ११ र मनिष थापाले १० रन बनाए ।

छैटौ विकेटका लागि अर्जुन र दिनेशले अविजित ७४ रनको साझेदारी गरे ।लुम्बिनीका लागि वीर मगर, निर्मल गुरुङ, देव खनाल, नर सार्की र कृष्ण कार्कीले समान एक विकेट लिए ।

 त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनको योगफल तयार पार्यो ।

लुम्बिनीका लागि आकाश त्रिपाठी ले ३९ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी  मृनल गुरुङले २२ , दिलसाद अलीले १४ र कप्तान देव खनालले १२  र प्रज्वल थापाले ११ रन बनाए ।

कर्णालीका लागि दीपेन्द्र रावतले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिए । यसैगरी प्रकाश जैसीले तीन र दिवान पुनले दुई विमकेट लिए ।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।