युवा तथा खेलकुद मन्त्रालय

रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्न नदिन मन्त्रालयको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले त्रिपुरेश्वरस्थित दशरश रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाउन निर्देशन दिएको छ ।  ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै रंगशाला सञ्चालन सम्बन्धि कार्यविधि जारी नहुँदा सम्म रगंशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाउन राष्ट्रिय खेलकुद परिषद्(राखेप)लाई निर्देशन दिएको हो ।

मन्त्रालयले दशरथ रंगशाला सहित देशभरका अन्य रंगशालाको सञ्चालनका सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अघि बढेको भन्दै खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार सम्बन्धमा मापदण्ड बनाउने योजना सार्वजनिक गरेको छ ।

ऐनलेनै सो कार्य गर्न राखेपलाई अधिकार दिए पनि परिषद्को कार्य प्रभावकारी नदेखिएको खेलकुद मन्त्रालयले बताएको छ ।

दशरथ रंगशाला खेल बाहेकका अन्य गतिविधि पनि गर्न दिएपछि  मैदान खेल्न नमिल्ने बनेको छ । जसको कारण नेपालले विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेल अयन्त्र खेल्नु पर्ने अवस्था आएको छ ।

दशरथ रंगशाला खेल्न लायक हुँदा नेपालले फिफा विश्वकप एसिया छनोटको दोस्रो चरण अन्तर्गतको होम एन्ड अवे दुवै खेल बहराइनमा खेल्नुपर्ने भएको छ ।