नेपाली फुटबल

नेपाल मलेसियासँग पराजित

काठमाडौं । नेपाल अनौपचारिक मैत्रीपूर्ण खेलमा घरेलु टोली मलेसियासँग ५-१ ले पराजित भएको छ ।  

साह अलामस्थित युनिभरसिटी टेक्नोलोजी मारा रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपालका लागि एक मात्र गोल समीर तामाङले गरे । खेल ३५ मिनेटको चार हाफ गरी कूल १४० मिनेट खेलिएको थियो । 

नेपालले फिफा विश्वकप २०२६ एसिया छनोट अन्तर्गत बहराइनसँग हुने खेलको तयारी स्वरुप यो खेल खेलेको हो ।  छनोटको दोस्रो चरणमा नेपालले चैत ८ र १३ गते बहराइनको सामना गर्नेछ ।