आइसिसी विश्वकप लिग-२

अनिल र देव लिग-२ खेल्ने टोलीमा

अनिल शाह

काठमाडौं । आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृंखलाका लागि ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनाल टोलीमा समेटिएका छन् ।

अनिल र देवले क्यानडाविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलामा  उच्च प्रदर्शन गरेपछि नेपालले यसअघि घोषित टोलीमा दुई परिवर्तन गर्दै १५ सदस्यीय  नयाँ  टोली घोषणा गरेको हो । टोलीमा अनिल र देव थपिंदा रिजन ढकाल र अर्जुन साउद भने बाहिरिएका छन् ।

क्यानडाविरुद्धको शृंखलामा  विश्राम दिइएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलसन झा लगायत टोलीमा फर्किएका छन् । दीपेन्द्रले हाल युएईमा चलिरहेको इन्टरनेसन लिग ट्वान्टी २० मा गल्फ जायन्ट्सबाट खेलिरहेकाले पहिलो खेल गुमाउनेछन् ।

देव खनाल 

नेपालले फागुन ३ मा नामिबियासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ। दोस्रो खेल फागुन ५ मा नेपाल र नेदरल्याण्ड्सबीच हुनेछ ।

यसैगरी फागुन ७ मा नामिबिया र नेदरल्याण्ड्स, फागुन ९ मा नेपाल र नामिबिया ११ फागुन ११ मा नेदरल्याण्ड्स र नामिबिया तथा फागुन १३ मा नेपाल र नेदरल्याण्ड्स  प्रतिस्पर्धा गर्नेछन् ।

शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ देखि सुरु हुनेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख,कुशल भुर्तेल, देव खनाल, अनिल शाह,  कुशल मल्ल,  दीपेन्द्रसिंह ऐरी,आरिफ शेख, पवन सराफ, भीम सार्की, गुलसन झा, सोमपाल कामी, करण केसी, ललितनारारयण राजवंशी, सूर्य तामाङ