इङ्लिस प्रिमियर लिग

टोनी भित्र्याउने दौडमा थपियो न्युक्यासल

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड पनि इङ्लिस स्ट्राइकर इभान टोनी अनुबन्धको दौडमा थपिएको  छ । न्युक्यासल जनवरी ट्रान्सफर विन्डोमा टोनीलाई प्रिमियर लिग प्रतिद्धन्द्धी ब्रेन्टफोर्डबाट भित्र्याउन चाहन्छ ।

आठ महिनाको प्रतिबन्धपछि मैदान फर्किएका टोनीले ब्रेन्टफोर्ड छाड्ने घोषणा गरिसकेका छन् । सन् २०२० मा अर्को इङ्लिस क्लब पिटरबर्ग युनाइटेडबाट ब्रेन्टफोर्ड भित्रिएका टोनीले १ सय १३ प्रिमियर लिग खेलमा ६५ गोल गरेका छन् ।

टोनी अनुबन्धका लागि प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेड र आर्सनलले पनि चोसो देखाइरहेको छ ।