युरोपियन च्याम्पियन्स लिग

रियालको कठिन जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियाल मड्रिडले कठिन जित निकालेको छ ।

मंगलबार राति जर्मन बुन्डेसलिगा क्लब आरबी लाईपजिकविरुद्ध रियाल १–० ले विजयी भएको हो ।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बन्दा गोलरहित बराबरीमा टुंगिएको थियो । रेडबुल एरिनामा दोस्रो हाफको सुरुमै रियालले अग्रता बनायो । ब्राहिम डिआजले उत्कृष्ट हेडर गोल गरेका हुन् ।

योजितसँगै रियालले अर्काे खेल घरमा खेल्नेछ । दोस्रो लेग सान्तियागो बर्नाबेउमा मार्च ६ मा हुनेछ ।