युरोपियन च्याम्पियन्स लिग

पहिलो लेगमा सिटीको सहज जित

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा म्यानचेष्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति  इङ्लिस क्लब सिटीले डेनमार्कको एफसी कोपेनहागेनलाई ३–१ ले हराएको हो ।

भ्रमणकारी टोलीको जितमा केबिन डि ब्रुयना, बर्नान्डो सिल्भा र फिल फोडेनले समान एक गोल गरेका थिए । ब्रुयना र फोडेनले समान एक असिष्ट गरेका थिए । घरेलु टोलीका लािग माग्नुस म्याटसनले एक गोल फर्काएका हुन् ।

जितसँगै पेप ग्वार्डिओलाको सिटी सहज अवस्थामा छ । क्वार्टरफाइनलको दोस्रो लेग सिटीकै घरमा हुनेछ ।

३५ हजार समर्थकमाझ सिटीले पहिलो अग्रता बनाएको थियो । डि ब्रुयनाले खेलको दशौं मिनेटमा अग्रता दिलाएका थिए । फिल फोडेनले दिएको उत्कृष्ट पासलाई उनले गोल गरेका हुन् ।

३४औं मिनेटमा घरेलु टोलीका म्याटसनले बराबरी गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा सिल्भाले सिटीलाई पुनः २–१ को अग्रता बनाए ।

डि ब्रुयनाको पासमा फोडेनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै सिटीलाई सहज जित दिलाएका हुन् ।