टाइगर कप भलिबल प्रतियोगिता

एपिएफले पुलिसलाई हरायो

फाइल फोटो

काठामाडौं । नेपाल एपिएफ क्लबले टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालाको कोर्टमा सोमबार सम्पन्न विभागीय डर्बीमा एपिएफले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा स्तब्ध बनाएको हो । एपिएफले खेल २५-१९, ३३-३१,२५-१७ ले आफ्नो पक्षमा पार्याे ।

जितसँगै समूह ‘बी’ को एपिएफले तीन अंक जोड्दा पुलिसले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

यसैगरी सोमबार नै महिलातर्फ एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लबले विजयी सुरुआत गरेका छन् । एपिएफलले पुलिसलाई २५-१८, २५-१८, १९-२५, १८-२५, १५-१३ ले पराजित गर्यो । न्यु डायमन्ड त्रिभुवन आर्मी क्लबलाई  २५-२०,२५-१७, २३-२५ , २५-१५ ले स्तब्ध बनायो ।