राष्ट्रिय भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः एपिएफ फाइनलमा

काठमाडौं । गण्डकी प्रदेशमाथि ३-० को सोझो सेटमा जित निकाल्दै विभागीय टोली नेपाल एपिएफ क्लब सुर्खेतमा जारी ३४ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

वीरेन्द्रनगरस्थित खुल्लामंचको कोर्टमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफ २५-२३, २५-२०, २५-१५ ले विजयी भएको हो ।

एपिएफ समूह ‘ए’ को विजेता तथा गण्डकी समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए । एपिएफले उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।