लिभरपुल

अर्नान्डो कम्तीमा पनि तीन साता मैदान बाहिर रहने

काठमाडौं । इङ्लिस प्रियिमर लिग क्लब लिभरपुलका रक्षक ट्रेन्ट अलेक्सजेन्डर अर्नोल्ड कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् ।

आइतबार एफए कपअन्तर्गत लिग प्रतिद्धन्द्धी आर्सनलसँग खेल्दा अर्नोल्ड घाइते भएका थिए । अर्नोल्डको घुँडामा चोट लागेको बताइएको छ ।

अर्नोल्डले कारवाओ कपअन्तर्गत फुलहमविरुद्ध सेमिफाइनलको पहिलो लेग, प्रिमियर लिगअन्तर्गत जनवरी २१ मा बर्नमाउथ, जनवरी ३१ मा चेल्सी,जनवरी २४ मा  सेमिफाइनलकाे दोस्रो लेग तथा जनवरी २७ मा हुने एफए कपको चौथो चरणको खेल गुमाउने पक्का भएको छ ।