राष्ट्रिय भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः पुलिस, कर्णाली, कोशी र गण्डकी विजयी

फाइल तस्बिर

काठमाडौं । सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा शनिबार नेपाल पुलिस क्लब, कर्णाली,  कोशी र गण्डकीले जित निकालेका छन् ।

विरेन्द्रनगरस्थित खुल्लामञ्चको कोर्टमा पहिलो खेलमा विभागीय टोली पुलिसले लुम्बिनी प्रदेशमाथि ३-० को सोझो सेटमा जित निकाल्यो । पुलिसले खेल २५-१४, २५-१७, २५-२१ ले आफ्नो पक्षमा पारेको हो  ।

दोस्रो खेलमा कर्णालीले मधेश प्रदेशलाई २५-२०, २-२१,२५-१७ ले पराजित गरेको थियो । तेस्रो खेलमा कोशीले बागमती प्रदेशलाई २५-१६, २५-१९, २५-२२ ले स्तब्ध बनायो ।

दिनको चौथो तथा अन्तिम खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि ३-१ को सेटमा जित निकल्यो । सुरुआती दुई सेट क्रमश २५-२० र २५-१८ ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट २२-२५ ले गुमायो । चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै गण्डकीले सुखद सुरुआत गर्यो ।