बायर्न म्युनिख

डियर भित्र्याउने बायर्नको इच्छा

काठमाडौं । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले इङ्लिस रक्षक एरिक डियर अनुबन्धमा इच्छा देखाएको छ । बायर्नले इङ्लिस प्रियिमयर लिग क्लब टोटनहमबाट जनवरी ट्रान्सफर विन्डोमा डियरलाई भित्र्याउन चाहेको हो ।

डियर र टोटनहमबीचको सम्झौता ६ महिनापछि सकिँदैछ। पछिल्लो समय उनले पर्याप्त मौका पाइरहेका छैनन् । यो सिजनमा डिएरले मात्र चार खेल खेलेका छन् ।

विभिन्न सञ्चार माध्यममा आएका खबरअनुसार बार्यनका प्रशिक्षक थोमस टुचेल र डियरबीच वार्ता भइसकेको छ । सन् २०१४ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट टोटनहम भित्रिएका डियरले २ सय ७४ प्रियिमर लिग खेलमा १२ गोल गरेका छन् ।