मारिओ जागालो

ब्राजिलका लिजेन्ड मारिओको निधन

काठमाडौं । ब्राजिललाई चार पटक विश्वकप जिताएका लिजेन्ड मारिओ जागालोको ९२ वर्ष उमेरमा निधन भएको छ ।

विंगर मारिओले सन् १९५८ र १९६२ मा लगातार ब्राजिललाई विश्वकपको उपाधि जिताएका थिए । दुवै फाइनलमा उनले प्लेइङ सेटमै थिए।  

यसैगरी उनीले सन् १९७० मा  मुख्य तथा १९९४ मा सहायक प्रशिक्षकका रूपमा ब्राजिललाई विश्वकप उपाधि जिताएका थिए ।  १९७० ताका पेले, जाइर्जिन्हो र कार्लोस अल्बेर्टाे जस्ता खेलाडीले  मारिओकै प्रशिक्षणमा खेलेका थिए । 

उनी खेलाडी र प्रशिक्षक भएर विश्वकप जित्ने पहिलो ब्यक्ति हुन् । सन्र २००६ यता भने उनी ब्राजिलको टोली बाहिर रहँदै आएका थिए ।