३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः एपिएफ र आर्मीको विजयी सुरुआत

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

सुर्खेतको विरेन्द्रनगरमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा एपिएफले कोशी र आर्मीले कर्णाली प्रदेशमाथि समान ३-० को सोझो सेटमा जित हात पारेका हुन् । 

एपिएफले खेल २५-२१, २५-१६ ,२५-१७ ले आफ्नो पक्षमा पारेको थियो । आर्मीले २५-१२, २५-७, २५-१२ को जित निकाल्यो ।  

यसैगरी शुक्रबार नै सम्पन्न खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ३-२ तथा लुम्बिनीले बागमती प्रदेशलाई ३-० को सेटमा हराए ।

। नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता पुष २६ सम्म सञ्चालन हुने छ ।  प्रतियोगिताको समूह ‘ए’ मा पुलिस, एपिएफ, बागमती र कोशी तथा समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।